दफा ७०
एकमुष्ट अदालती शुल्क लाग्ने

(१) दफा ६९ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै विषय र सोसँग सम्बन्धित मुद्दामा एकमुष्ट पाँच सयरुपैयाँअदालती शुल्क लाग्नेछ:-
(क) जग्गाको दर्ता, नामसारी वा त्यस्तो दर्ता वा नामसारी बदर,
(ख) रसिद तथा भरपाईको दाबी,
(ग) लिखत, भाखापत्र, जमानीपत्र, कबुलियत भरपाई आदि फट्टाको माग दाबी,
(घ) घर वा जग्गामा बसेकोलाई उठाई वा उठ्न नपर्ने माग दाबी,
(ङ) बाँध, पैनी वा कुलो बनाउन वा त्यसबाट पानी ल्याउन दिएन वा रोलक्रम मिची पानी लगाएको दाबी,
(च) निकास, झ्याल वा ढोका खुला वा बन्द, झ्याल, ढोका वा कौशी राख्ने, थप्ने वा बन्द गर्ने माग दाबी,
(छ) कुनै काम नगर्नु वा नगराउनुु वा कुनै काम गर्न लगाउन निषेधाज्ञा वा आदेशात्मक आदेश जारीको माग दाबीेवात्यस्तो आदेशको बदर,
(ज) कुनै व्यक्तिको पूर्ण सक्षमता, अर्ध सक्षमता वा असक्षमता निर्धारण,
(झ) सम्बन्ध विच्छेद,
(ञ) नाता कायम,
(ट) कुनै व्यक्तिको मृत्युको सम्बन्धमा न्यायिक घोषणाको माग वा न्यायिक घोषणा बदर वा सोको संशोधनसम्बन्धीमाग दाबी,
(ठ) दामासाहीको कारबाही प्रारम्भ गर्ने वा नगर्ने माग दाबी,
(ड) गुठी सञ्चालक नियुक्ति वा बदर,
(ढ) संरक्षक नियुक्ति वा बदर,
(ण) माथवरको नियुक्ति वा बदर,
(त) फलोपभोगको दाबी वा बदर,तर मूल्य उल्लेख भएकोमा मूल्यका आधारमा अदालती शुल्क लाग्नेछ ।
(थ) सुविधाभारको दाबी वा बदर ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका मुद्दामा एक हजार रुपैयाँ अदालती शुल्क लाग्नेछ:-
(क) अंश लाग्ने सम्पत्तिमा अंशको भाग यकिन गरी वा दिलाई दिने माग दाबी,
(ख) लिखत वा कागज बदर ।
(३) उपदफा (१) र (२) मा लेखिएदेखि बाहेक बिगो नखुलेको अन्य कुनै करारका सम्बन्धमा पर्न आउने विवादमा एकमुष्ट दुईहजार पाँच सय रुपैयाँ अदालती शुल्क लाग्नेछ ।